• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रसाईँ आन्दोलनको चौथो दिनः सबै थाके


  • धनकुटा खबर
  • .

व्यवस्था परिवर्तनलाई मुख्य एजेन्डा बनाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्नो आन्दोलनको चौथो दिन आज भक्तपुरमा मोटरसाइकल र्‍याली मात्रै गर्ने भएका छन्।

दुर्गा प्रसाईँका सचिवालय सदस्य विजय कँडेलले प्रर्दशनकारीहरु थाकिसकेकाले आज धेरै ठुलो कार्यक्रम नराखेको जानकारी दिएका छन्।

‘आजलाई यति मात्र कार्यक्रम राखेका छौँ, सबै जना थाकेकाले’, उनले नागरिकनयूजसँग भने, ‘भोलीदेखि फेरी प्रदर्शनका कार्यक्रम बढ्छन्।’ कँडेलले देशभर आन्दोलन सुरु भएको जानकारी पनि दिए।

कँडेलका अनुसार मोटरसाइकल र्‍याली सल्लाघारीमा कोणसभामा परिणत हुनेछ। प्रसाईँ समूहले मङ्सिर ७ गतेदेखि राजधानीमा प्रदर्शन गरिरहेको छ।

सुरुमा वित्तीय संस्था तथा बैङ्कहरूको ऋणबाट ऋणीहरूलाई मुक्ति दिलाउने अभियान सुरु गरेका प्रसाईँ अहिले व्यवस्था परिवर्तनलाई मुख्य एजेन्डा बनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖