• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नगेन्द्र देउजालाई रिहा नगरे कठोर कदम चाल्ने राप्रपा नेपालनिकट राष्ट्रिय युवा मोर्चाको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राप्रपा नेपाल निकट राष्ट्रिय युवा मोर्चा नेपालले मोर्चाका अध्यक्ष नगेन्द्र देउजालाई गत मङ्सिर ८ गते अनावश्यक पक्राउ गरी थुनामा राखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

विना कारण बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरी हालसम्म थुनामुक्त नगरेको हुँदा तत्काल उनको निशर्त रिहाइको माग गर्दै नागरिकको स्वतन्त्र रुपमा हिँडडुल गर्न पाउने अधिकारको सुनिश्चित गर्न मोर्चाले सरकारसँग माग गरेको छ ।

आइतबार बेलुकासम्म देउजालाई थुनामुक्त नगरिए जुनसुकै कठोर कदम चाल्न मोर्चा बाध्य हुने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने चेतावनी सङ्गठन विभाग प्रमुख विनोद कपालीले दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖