• Sunday 29th of November 2026

गुल्मेलीलाई पहिलोपटक दुर्घटनाको दु:ख सुनाउदै नेता भण्डारी !


  • धनकुटा खबर
  • .

गुल्मी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले आफू दुर्घटना परेको घटना पहिलोपटक जिल्लाबासीलाई सुनाएर स्तब्ध बनाएका छन् ।

उनले आफूलाई पुनर्जीवन दिने सबैलाई पबित्र रेसुङा तपोभुमीको आशीर्वाद प्राप्त होस् भन्दा उपस्थिति कार्यकर्ताको गह भरिएको थियो ।

दोस्रो जिल्ला सम्मेलनको सन्दर्भमा गुल्मी आएका गुल्मी क्षेत्र न-१ का साम्सद समेत रहेका नेता भण्डारीले काठमाडौको घटनादेखि भारतको उपचारसम्मको बारेमा बोल्दै बाचेर मातृभुमीको स्टेजमा उभिन पाउँदा खुशी ब्यक्त गरे ।

सम्पूर्ण नेपालीको सद्भाव र कामनाको कारण ठुलो दुर्घटनाबाट फेरि भ्रष्टाचार र बिपन्नका आवाज बोल्न फर्किन सकेको भण्डारीले बताएका थिए । आफू उत्साहपुर्ण मतका साथ बिजयी भएर गएपछि दुर्घटनाले लामो समय उपचारमा रहन परेको र स्वास्थ ठिक हुँदै गएकाले अब जिल्लाको बिकास निर्माणको काममा खटिने प्रतिवद्द्ता भण्डारीले ब्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖