• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अनेरास्ववियुका ताप्लेजुङ सह-संयोजकमाथि खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

ताप्लेजुङ — नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका ताप्लेजुङ सह–संयोजक एवं कोशी प्रदेशका सांसद तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ ।

सदरमुकाम फुङलिङको आफ्नै निवास अगाडि सोमबार बिहान खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुट्टामा गम्भीर चोट लागेका उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल लुङ्गेलीका अनुसार फुङलिङ नगरपालिका–४ का प्रेमराज लिम्बूले खुकुरी हानेका हुन । ‘उहाँहरूको पुरानै लेनदेनको विषय लेनदेनको केस रहेछ, माननीयज्यूहरूसँग पनि बसेर कुरा भएको रहेछ,’ लुङगेलीले भने, ‘मान्छे खोजी गरिरहेका छौं, भागिसकेको छ ।’ चारैतिर खोजी भइरहेकाले प्रहरीले पक्राउ गर्ने उनले बताए ।

एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडासहितका नेता कार्यकर्ता जिल्ला अस्पतालमा भेला भएका छन । विवेक र प्रेमको चेक बाउन्सको विषय रहेको एमालेका एक नेताले बताए । विवेकलाई आक्रमण गरेपछि प्रेमले पार्टीका कार्यवाहक अध्यक्ष खतिवडालाई पनि आक्रमण प्रयास गरेको ती नेताले बताएका छन् ।-आनन्द गौतम/इकान्तिपुर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖