• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बुवा र हजुरबुवाको हत्या, दुई जना पक्राउ


  • धनकुटा खबर
  • .

झापा । आफ्नै बुवाको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । कमल गाउँपालिका-४ बस्ने २३ वर्षीय आशिष तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कराई र दाउले प्रहार गर्दा उनका बुवा ४५ वर्षीय भोला कुमार तामाङको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केर्खा र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

उता पर्सामाआफ्नै हजुरबुवा ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय कृष्ण खड्कालाई आइतबार दिउँसो प्रहरीले गरेको छ । कृष्ण लक्ष्मणको छोरीपट्टीको नाति हुन् ।

आफ्नै आँगनमा लट्ठीले कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले लट्ठी मागेको कारण कृष्णले लट्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मणको स्वास्थ्य चौकी ठोरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले जंगलमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖