• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जनकपुरधाम बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग


  • धनकुटा खबर
  • .

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको हरेक बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।

संघका कार्यवाहक अध्यक्ष मनिष रमण साहको नेतृत्वमा व्यापारीहरूले जनकपुरधामका मेयर मनोज साहलाई ज्ञापन पत्र बुझाउने यस्तो माग गरेका हुन् ।

व्यापारीहरू चौतर्फी मारमा परेको बेला चर्को घरभाडा र एडभान्स लिने गरिएकाले वैज्ञानिक रूपमा भाडा निर्धारण गर्नुपर्ने माग राख्दै जनकपुरधामका मेयरलाई ज्ञापन पत्र बुझाएको संघका कार्यवाहक अध्यक्ष साहले जानकारी दिए।

‘सडक चौडाइ गर्ने कममा भएको व्यवसायिक प्रतिष्ठान रहेका घरहरू टुटफुटको कारण लगभग वर्षभरि व्यवसायी चौपट भयो’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसपछि कोभिड महामारी, आर्थिक मन्दी र बढेको बैंक व्याज दरले असर परेको हुँदा यस भेगकै सम्पूर्ण व्यवसाय र व्यवसायीलाई ठूलै मारमा पारेको छ ।

व्यवसायिक प्रतिष्ठानका निम्ति एडभान्स बापत बुझाउनु पर्ने मोटो रकम र चर्को घर भाडाले व्यवसायीहरू ठूलो आर्थिक मारमा परेकाले नगरभित्रका व्यवसायी प्रतिष्ठानहरू रहेको भन्दै संघले बजार र सडकको वैज्ञानिक रूपमा भाडा निर्धारण गर्न माग गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖