• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा पावर बैंक पड्किदा…


  • धनकुटा खबर
  • .

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एकजना यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएर आगो लागेको छ।

बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा रहेको पावर बैँक पड्केर आगो लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीले नागरिक न्यूजलाइ बताए।

उनले यात्रुको ह्याण्डक्यारीमा रहेको पावर बैंक पड्केर आगो लागेको भएपनि ठूलो क्षति हुनबाट जोगिएको बताए।

एयर चाइनाको जहाजबाट चीन जान लागेको यात्रुको ह्याण्डब्यागमा रहेको पावर बैंक पड्किएको थियो। विमान प्रतिक्षालयमा विमान कुरिरहेकाे समयमा पावर बै‌क पड्किएकाे हाे।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖