बागलुङ । बागलुङमा कोदालो प्रहार गरी भतिजले काकाको हत्या गरेका छन्।
आइतबार राति बडिगाड गाउँपालिका– १० चैतेका ३३ वर्षीय हिरालाल विकले ४० वर्षीय लालमन विकलाई कोदालोले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीका अनुसार सामान्य विवाद हुँदा भतिजले कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थल मै काका लालमनको मृत्यु भएको हो।
प्रहरीले सोमबार बिहान खबर पाएपछि अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय भिमगिठ्ठेबाट २ जना र जिल्ला प्रहरी कार्यालय बागलुङबाट ७ जनाको टोली घटनास्थलमा खटिएको जनाएको छ।
प्रहरीले काकाको हत्या गर्ने भतिजालाई सोमबार बिहान घरैबाट पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ।
