• Sunday 4th of October 2026

आईफोनमा युट्युब भिडिओ तथा अडिओ डाउनलोडको उपाय खोज्दै हुनुहुन्छ ? यसो गर्नुहोस्


  • धनकुटा खबर
  • .

काठमाडौं । अवश्य नै तपाईं पनि इन्टरनेट कनेक्सन भएका जुनसुकै स्थानमा आफ्नो आईफोनमा युट्युब भिडिओ हेर्नु हुन्छ । तर हामी सधैं इन्टरनेटको सम्पर्कमा हुँदैनौं ।

यदि तपाईं वाईफाई अथवा मोबाइल डेटा सिग्नल नहुँदा पनि आफूलाई मन पर्ने युट्युब क्लिप हेर्न चाहनु हुन्छ आज हामी तपाईंलाई आईफोनमा युट्युबबाट भिडिओ तथा अडिओ डाउनलोड गर्ने दुई तरिका बताउँदै छौं ।

युट्युब भिडिओ डाउनलोड गर्नु कानूनी हो कि गैरकानूनी ?

यो आफैंमा अलिकति जटिल प्रश्न हो । यदि तपाईं युट्युबकै सेवा प्रयोग गरेर आईफोनमा युट्युब भिडिओ डाउनलोड गर्नु हुन्छ भने शतप्रतिशत सही छ । तर यो प्लेटफर्मले आफ्नो सर्भरभन्दा बाहिरबाट त्यत्तिको क्वालिटी अर्थात गुणस्तरमा भिडि‌ओ डाउनलोड गर्ने स्वीकृति भने दिंदैन ।

वास्तवमा एप डेभलपरका लागि युट्युब भिडिओ डाउनलोड गर्ने एप बनाउन र एप स्टोरमा राख्ने कार्य युट्युबको सेवाको सर्त विपरीत हुन जान्छ । यति भन्दैगर्दा कम्पनीले यदि तपाईंले थर्ड पार्टी एप प्रयोग गरी युट्युब भिडिओ डाउनलोड गर्नु भयो भने पनि कम्पनीले खासै केही गर्न सक्दैन ।

यद्यपि तपाईंले त्यसरी डाउनलोड गरेका भिडि‌ओ खासगरी कपीराइट भएका भिडिओ अनलाइनका लागि अपलोड गर्नु भयो भने चाहिं केही कदम चाल्न सक्छन् । त्यसैले यसरी डाउनलोड गरेका भिडिओ सुरक्षित तरिकाले चलाउनुहोस्ः यस्ता भिडिओ केवल आफ्नो व्यक्तिगत प्रयोगका लागि मात्रै डाउनलोड गर्नुहोस् ।

युट्युब प्रिमियमबाट युट्युब भिडिओ डाउनलोड गर्ने तरिकाः युट्युबले आईफोनमा भिडिओ डाउनलोड गर्नका लागि सुझाउने तथा चाहने तरिका भनेको त्यसका लागि शुल्क तिर्नु नै हो । युट्युब प्रिमियम सब्सक्रिप्सन लिंदा तपाईंले अधिकांश भिडिओका लागि सहज किसिमको डाउनलोड बटन पाउनु हुनेछ ।

जसबाट तपाईंले छरितो किसिमले आफूलाई मन पर्ने भिडिओ कुनै पनि समय अफलाइन हेर्न सकिने गरी डाउनलोड गर्न सक्नु हुन्छ । युट्युब प्रिमियमका अन्य फाइदा पनि छन्, ३.४९ अमेरिकी डलरमा भिडिओ अघि आउने विज्ञापन पन्छाउन सकिनुका साथै प्रिमियम १०८० पिक्सेलको उच्च गुणस्तरीय बिटरेट पनि पाउन सकिन्छ ।

युट्युब भिडिओ डाउनलोड गर्न यो अलि खर्चिलो तरिका हुन सक्छ, तर युट्युबले मान्यता दिएको उपाय नै यही हो । पैसा नतिरी डाउनलोड गर्ने कसरी ? युट्युब डाउनलोडरका अन्य विकल्पसँगै युट्युब भिडिओ क्यामेरा रोल अथवा फाइल एपमा डाउनलोड गर्न ज्याद (JAYD) आईओएसका लागि एउटा गज्जबको शर्टकट हो ।

तर यसका लागि तपाईंले उक्त शर्टकट इन्स्टल गरेर मात्रै पुग्दैन-तपाईंले स्क्रिप्टेबल नामक एउटा अर्को निःशुल्क एप समेत डाउनलोड गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖