• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

केपी ओलीको दाबी : एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने बताए । उनले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको जिकीर गरे ।

एमाले जनताका लागि काम गर्ने पार्टी भएको र देश एमालेले मात्र विकास गर्न सक्ने उनको भनाइ थियो । उनले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरेको बताए ।

अध्यक्ष ओलीले एमालेको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने अभियान सही छ भन्ने कुरा यात्राका क्रममा देखिएको नागरिकको सहभागिताले पुष्टि गरेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖