• Sunday 29th of November 2026

दैलेखमा नेकपा एसका ६ जना नेता एमाले प्रवेश


  • धनकुटा खबर
  • .

दैलेख । नेकपा एकीकृत समाजवादी (नेकपा एस) दैलेखका ६ जना नेताले एमाले प्रवेश गरेका छन् ।एमालेले सञ्चालन गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्ला पुगेको एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा नेकपा एसका नेता दैलेख जिल्ला कमिटी सदस्य सदस्य राजबहादुर ठेसामगर, गंगाराम थापा, अर्जुन चन्द नौमुले गाउँपालिका कमिटी सदस्य लक्षिराम दर्लामी, नौमुले ४ को वडा कमिटीका सदस्य दलबहादुर सलामी, हर्क गिरी र नेपाली कांग्रेसका रनबहादुर नेपाली एमाले प्रवेश गरेका हुन् ।

समृद्ध नेपालः सखी नेपालीको लक्ष्य पूरा गर्ने र देशको राष्ट्रियताको पक्षमा लाग्ने नेपालका राजनीतिक दलहरु मध्ये एमाले बाहेक नभएकाले आफू एमाले प्रवेश गरेको राजबहादुर ठेसामगरले दिए ।

‘विकास र समृद्धीको नेतृत्व गर्ने पार्टी एमाले र समकालीन नेता केपी शर्मा ओली बाहेक अरु कुनै रहेनछन’, नेकपा एसका जिल्ला कमिटीबाट एमाले प्रवेश गरेका गंगाराम थापाले भने, ‘एमाले र केपी ओलीलाई कमजोर बनाउन हामीलाई अनेक भ्रम फैलाएपनि अब कसैले सक्दैनन् ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖