• Monday 5th of October 2026

बंगुरमा पहिलो पटक रेविज पुष्टि


  • धनकुटा खबर
  • .

धनगढीः कैलालीका बंगुरमा पहिलो पटक रेविज पुष्टि भएको छ।

कैलालीको लम्की चुहा नगरपालिका–१० मा मरेको बंगुरको मस्तिष्कको बिहीवार नमूना परिक्षण गर्दा रेविज पाइएको हो।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले बंगुरमा रेविज अन्वेषण भएको यो पहिलो घटना भएको जनाएको छ।

साथै बिहीवार नै कञ्चनपुरको बेलौरीबाट लिइएको स्यालको मस्तिष्कको नमूनामा पनि रेविज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖