• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

छिमेकीले गरे एकल महिलाको हत्या


  • धनकुटा खबर
  • .

सुनसरीको इटहरी–२ शान्तिनगरमा एकल महिलाको बिभत्स हत्या भएको छ। हत्यामा संलग्न स्थानीय सन्तोष राई पक्राउ परेका छन।

घर पछाडिको गोठमा गोवर फाल्दै गरेकी एकल महिला ६८ वर्षीया मधेमाया पुरीलाई आइतबार दिउँसो ३ बजे स्थानीय युवा सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेको इटहरी प्रहरीले जनाएको छ।

खुकुरी प्रहारबाट गम्भिर बनेकी ६८ वर्षीया पुरीको घटनास्थलमै मृत्यु भएकोहो। घटनामा मृतककी बुहारी सरू पुरी घाइते छन्। सासुलाई खुकुरी हानेको प्रत्यक्ष देखेपछि उनलाई पनि प्रहार गरिएको र पाखुरामा चोट लागेको प्रहरीले जनाएको छ।

घटना लगत्तै प्रहरीले हत्यामा संलग्न सन्तोष राईलाई पक्राउ गरी अनुसन्धान थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖