• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एयरपोर्टपछि नागढुंगाबाट पनि सुनसहित तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले काठमाडौंको नागढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलिसकेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागढुंगबाट दुई किलो सुन बरामद गरेको हो ।

गएराति दुई किलो सुनसहित तीनलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए । उनका अनुसार उक्त सुन रसुवा नाकाबाट भित्र्याइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर उक्त सुन ल्याएको प्रहरीले जनाएको छ ।

बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याइएको १४ किलो सुन भन्सार विभागको टोलीले बरामद गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖