• Sunday 4th of October 2026

एनसेलको वेबसाइट डाउन !


  • धनकुटा खबर
  • .

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक एनसेलको वेबसाइट डाउन भएको छ । शुक्रबार कम्पनीको वेबसाइट खोल्दा ‘प्रोक्सी एरर’ देखाइरहेको छ ।

यसअघि एनसेलको आधिकारिक वेबसाइट एनसेल डट आजियाटा डट कम (ncell.axiata.com) डोमेनमा थियो । एनसेलको मुख्य कम्पनीबाट आजियाटा हटेसँगै वेबसाइट माइग्रेट गरिरहेकाले बन्द भएको हुनसक्ने अनुमान गरिएको छ ।

एनसेलले भने आधिकारिक रूपमा वेबसाइट किन डाउन भएको हो भन्ने खुलाएको छैन । बिहीवारसम्म एनसेलका विज्ञप्ति तथा अन्य जानकारी आजियाटाकै वेबसाइटमा आइरहेका थिए ।

प्रयोगकर्ताले वेबसाइटबाट लिइरहेको एनसेलका सेवा अब कुन वेबसाइटबाट लिन्छन् भन्ने खुलेको छैन । त्यसबाहेक नयाँ वेबसाइट कुन डोमेन वा सबडोमेनमा हुन्छ भन्ने पनि स्पष्ट छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖