• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

२ किलो सुन प्रकरण : एकजना चिनियाँ नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । नागढुंगाबाट बरामद गरिएको २ किलो सुन प्रकरणमा प्रहरीले एकजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । सुन ओसारपसारमा संलग्न देखिएपछि चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिनियाँ नागरिकको नाम चेन झिउइ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

बिहीबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कोर्पियोबाट २ किलो सुन बरामद गरेको थियो ।

रसुवाबाट सुन लिएर आउँदै गरेका ३ जना पनि सोही दिन पक्राउ परेका थिए । पक्राउ पर्नेमा ग्याल छिरिङ तामाङ, बिरु तामाङ र सुनिल भुजेल रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖