• Sunday 4th of October 2026

चन्द्रमामा गयो भूकम्प, चन्द्रयानले गर्यो रेकर्ड


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतीय अन्तरीक्ष एजेन्सी इसरोको चन्द्रयान–३ मिसन अन्तरगत चन्द्रमामा अवतरण भएको विक्रम ल्याण्डरले लगातार नयाँ–नयाँ खोज गरिरहेको छ । चन्द्रमाको सतहमा नवीन प्रयोगहरु गरिरहेको विक्रम ल्याण्डरले पछिल्लोपटक चन्द्रमामा भूूकम्पीय गतिविधि रेकर्ड गर्न सफल भएको छ ।

इसरोले बिहीबार आफ्नो एक्स अकाउन्टमार्फत् उक्त जानकारी दिएको हो । जस अनुसार विक्रम ल्याण्डरमा यस्ता उपकरण लगाइएको छ जसले सतहमा हुने कम्पनका गतिविधि रेकर्ड गर्न सक्दछ । तिनै उपकरणले बिहीबार चन्द्रमाको सतहमा भूकम्पीय गतिविधि पत्ता लगाएका हुन् । वास्तवमा उक्त उपकरणले प्रज्ञान रोभर तथा अन्य पेलोड्समा भएका गतिविधिहरु रेकर्ड गरिरहेको छ ।

इसरोले आफ्नो ट्वीटर अकाउन्टमा लेखेको छ– चन्द्रमामा भूकम्पीय गतिविधि पत्ता लगाउनका लागि पठाइएको पहिलो माइक्रो इलेक्ट्रोमेकानिकल सिस्टममा आधारित उपकरण Instrument for the Lunar Seismic Activity (ILSA) ले चन्द्रमाको सतहमा रोभर तथा अन्य पेलोडको कम्पन रेकर्ड गरेको छ ।

सो उपकरणले गत अगष्ट २६ मा सो घटना रेकर्ड गरेको हो, जुन स्वभाविक प्रतित हुन्छ । यद्यपि इसरोले सो कम्पनको श्रोतको जाँच गरिरहेको जनाएको छ । इसरोका अनुसार ILSA को उद्देश्य प्राकृतिक भूकम्प, त्यसको प्रभाव तथा कृत्रिम घटनाहरुका कारण सतहमा हुने कम्पनको मापन गर्नु हो ।

यसअघि इसरोले चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा प्लाज्मा पार्टिकल्सको अनुसन्धानका बारेमा जानकारी दिएको थियो । विक्रम ल्याण्डरमा रेडियो एनाटोमी अफ मून बाउन्ड हाइपरसेन्सिटिभ आइनोस्फेयर एण्ड एटमस्फेयर नामक उपकरण पनि रहेको छ जसले चन्द्रमाको दक्षिणी क्षेत्रको सतहमा प्लाज्मा कणको अनुसन्धान गरेको थियो । सुरुवाती आँकडाले चन्द्रमाको सतहमा प्लाज्माको मात्रा अपेक्षा गरिएको भन्दा कम रहेको देखाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖