• Sunday 4th of October 2026

आफैँ ठाउँ खोजेर पार्क हुनेछ कार


  • धनकुटा खबर
  • .

क्यालिफोर्निया । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको कारमा निकट भविष्यमा विशेष खालको पार्किङ फिचर थपिँदैछ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले सामाजिक सञ्जालमा यसको सङ्केत गरेका छन् । कारले आफैँ पार्किङ स्पेस खोजेर आफूलाई पार्क गर्नेछ । माइक्रोब्लगिङ वेबसाइट एक्समा एक प्रयोगकर्तालाई जवाफ दिँदै मस्कले यस्तो बताएका हुन् ।

मस्कका अनुसार कम्पनीले अहिले खास सिष्टममा काम गरिरहेको छ । यसमा कारले आफैँले पार्क गर्ने ठाउँ चिनेर आफैँ पार्क हुनेछ । कार चालकले केबल पार्किङ स्पट चयन गर्नु पर्नेछ । कारबाट चालक निस्किएपछि कार आफैँ चयन गरिएको ठाउँमा पार्क हुनेछ ।

एलन मस्कले सामाजिक सञ्जालमा रिप्लाई गर्दै लेखेका छन्, ‘हामी यस्तो फिचरमा काम गरिरहेका छौँ, जसमा कारले सम्भावित पार्किङ स्पट पहिचान गर्नेछ, तपाई कारबाट निस्किएर ट्याप गरेपछि कार आफैँ सो ठाउँमा पार्क हुनेछ ।’ अल्ट्रासोनिक सेन्सर (यूएसएस) बन्द हुनुभन्दा पहिला टेस्ला कार किनेकाहरूले भने अटोपार्क अप्सन प्रयोग गर्न सक्ने बताइएको छ ।

मोडल थ्रीको अटोपार्कभन्दा फरक हुनेछ यो फिचर

कम्पनीको लोकप्रिय विद्युतीय कार मोडल थ्रीमा पनि अटोपार्क फिचर दिएको छ । तर नयाँ प्रविधि यो भन्दा निकै राम्रो हुने बताइएको छ । यसमा कारले आफैँ पार्किङ स्पटको पहिचान गर्नेछ । अटोपार्कमा भने अलग–अलग पार्किङ लोकेसनबिच चयन गर्ने सुविधा छैन । यसमा कार अटोमेटिक तरिकाले पार्क हुन्छ ।

अटोपार्क मोडमा चालक कारभित्र बस्न जरुरी छ । ताकि आवश्यकता परेको बेलामा हातैले कार कन्ट्रोल गर्न सकियोस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖