• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रहरीको गोली लागेका लक्ष्मी मुखियाको मृत्यु


  • धनकुटा खबर
  • .

बाराको सिम्रौनगढ झडपमा प्रहरीको गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ।

टाउकोमा गोली लागि घाइते भएका लक्ष्मी मुखियाको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

बुधबार नगरपालिका कार्यालय पुगेका मेयर किशोरी साह कलवार र प्रमुख प्रशासकीय अधिकृत महेश मिश्रलाई आन्दोलनरत कर्मचारी र शिक्षकले माग सुनवाइ गर्न दबाब दिएका थिए। सो क्रममा विवाद हुँदा मेयरको गाडीमा तोडफोड गरिएको थियो। त्यही बेला प्रहरी र आन्दोलनरत कर्मचारी र शिक्षकहरूबिच झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो।

आन्दोलनकारीको ढुङ्गा प्रहारबाट १० प्रहरी घाइते भएको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖