• Sunday 4th of October 2026

टेलिकमका मोबाइल प्रयोगकर्ताले अब रु. १०० को रिचार्जमा १ जीबी डेटा बोनस पाउने


  • धनकुटा खबर
  • .

काठमाडाैं । नेपाल टेलिकमका प्रिपेड तथा पाेस्टपेड प्रयाेगकर्ताले रु. १०० काे रिचार्जमा पनि डेटा बाेनस पाउने भएका छन् । विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा डेटा बोनस पाइने कम्पनीले जनाएकाे छ ।

यसअन्तर्गत रु. १०० देखि १९९ को रिचार्ज गर्दा एक दिनका लागि १ जीबी, रु. २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले दुई दिनका लागि २ जीबी र रु. ५०० वा सोभन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले चार दिनका लागि ८ जीबी डेटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

त्यसैगरी फिजिकल रिचार्जमार्फत रु. १०० को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, रु. २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले दुई दिनका लागि २ जीबी र रु. ५०० तथा रु. १००० को रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖