• Monday 5th of October 2026

३८ फ्लप फिल्म दिएका अभिषेक बच्चनको कति छ सम्पत्ति?


  • धनकुटा खबर
  • .

बलिउडमा त्यस्ता कलाकार पनि छन् जसका फिल्म फ्लप भए पनि उनीहरू करोडौंका मालिक भएका छन्।

यस्तैमध्ये एक हुन् अभिनेता अभिषेक बच्चन।

उनले अभिनय गरेको आधाभन्दा धेरै फिल्म फ्लप भएका छन्।
अभिषेक विगत २३ वर्षदेखि अभिनय यात्रामा छन्।

‘धूम, गुरू, बन्टी और बबली, पा’ जस्ता उनको मुख्य भूमिका रहेका फिल्म हिट भए। यी फिल्मबाट उनले दर्शकको ध्यान आफूप्रति तानेका थिए।

तर उनले हालसम्म ६० भन्दा धेरै फिल्ममा काम गरिसकेका छन्। यीमध्ये ३८ फिल्म फ्लप भएका छन्।

उनले डेब्यू गरेका फिल्म ‘रेफ्यूजी’ सबभन्दा धेरै फ्लप भएको थियो।
उनी एउटा फिल्मको पारिश्रमिक लागि १० देखि १२ करोड भारू लिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार अभिषेकसँग हाल २८० करोड भारू बराबरको सम्पत्ति छ। हालै उनले काम गरेका फिल्म ‘दसवीं’ र ‘घुमर’ को दर्शकले प्रशंसा गरेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖