• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

नाै वर्षीया नाबालिकलाई बलात्कार गर्ने १९ वर्षीय युवालाई जन्मकैद


  • धनकुटा खबर
  • .

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै, निजलाई रु छ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ ।निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो । प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖