• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

फिदिममा एमाले अध्यक्षसहित नेता तथा कार्यकर्ताले धान नाच नाच्ने


  • धनकुटा खबर
  • .

विराटनगर । नेकपा एमालेले सुरु गरेको सङ्कल्पका अभियान अन्तरगत पाँचथरमा हुने आमसभाको तयारी पुरा भएको छ ।

मङ्सिर १६ गते बैतडीको झुला घाटबाट सुरु भएको मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संंकल्प यात्रा अन्तरगत एमालेले आज पाँचथरको फिदिममा गर्ने अन्तिम आम सभाको तयारी पुरा भएको नेकपा एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले बताए ।

उनले पार्टी जनसङ्गठनहरूको परिचालन गरी फिदिमको खेल मैदानमा हुने आमसभा स्थलमा आवश्यक तयारी पुरा गरेको भण्डारीले बताए ।
ग्राउन्डमा प्यारा फिट निर्माण भएको र मञ्च सजी सजाउको काम पनि सम्पन्न भएको सचिव भण्डारीले जानकारी दिए ।

३ दिनदेखि मञ्च व्यवस्थाका लागि स्वयसेवकहरु ३ दिन देखि परिचालन गरिएको बताए । उनका अनुसार सङ्कल्प यात्रा १२ पाँचथर प्रवेश गर्ने र अध्यक्ष केपी वली लगायत नेताहरूलाई तेह्रथुम र पाँचथरको सिमानामा १२ बजे स्वागत गरिने छ ।

१ बजेबाट नेकपा एमाले पाँचथरले निर्माण गरेको भवनको उद्घाटन गरी अध्यक्ष ओलीलाई नगर परिक्रमा गराउने कार्यक्रम तय भएको भण्डारीले जानकारी दिए । नगर परिक्रमाका क्रममा १९ भन्दा बढी जात जातीको सास्कृतीक झाँकी प्रस्तुत गरिने भण्डारीले बताए ।

उनले पाँचथरको विकास र समृद्धिका लागि विभिन्न सङ्घ संस्था र राजनीतिक दलहरूले अध्यक्ष ओलीलाई माग पत्र बुझाउने समेत कार्यक्रम तय भएको छ । २ बजेबाट आम सभा सुरु हुने छ ।

आमसभामा सहभागी हुन ताप्लेजुङ, पाँचथर, इलाम, झापा लगायतका जिल्लाबाट सर्वसाधारण सहभागी हुन पाँचथरमा भेला हुने छन् ।आम सभा सकिएपछि लिम्बूहरूको सास्कृतीक नाच धान नाच समेत देखाइने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖