• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता देवकोटा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । आफ्नै घरमा काम गर्ने किशोरी बलात्कारको आरोपमा माओवादी नेता भूमिनन्द देवकोटा पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका गोरखाका ६५ वर्षीय देवकोटालाई पक्राउ गरेको हो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला देवकोटाले स्वकीय सचिवालयमा काम गरेका थिए ।

अनुसन्धानका क्रममा ६ वर्षको उमेरदेखि पीडित बालिकालाई देवकोटाले आफ्नो घरमा संरक्षण दिएर राखेको तर पछि बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरीमा पीडित बालिकाले दिएको जाहेरीमा देवकोटाले विगत १ वर्षदेखि उनलाई जबरजस्ती करणी गरेको उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖