• Monday 5th of October 2026

कस्ता व्यक्तिलाई डायबिटिज हुन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौं- शरीरमा इन्सुलिन हर्मोनको उत्पादनमा कमी आएको अवस्थामा मधुमेह ९डायबिटिज ० हुने गर्छ । इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ ।

डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान वंशााणुगत हो भने टाइप टुको डायबिटीज मानिसको जीवनशैलीका कारण देखा पर्ने हुन्छ । यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ । अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो ।

कस्ता व्यक्तिमा डायबिटिजको जोखिम बढी हुन्छ ?
मोटोपन बढी भएका ।

कम्मर, पेट वा शरीरका विभिन्न भागमा बोसो जमेका ।
वंशाणुगत गुण
मानसिक रुपमा बढी प्रेसर पर्ने काम गर्ने व्यक्तिलाई ।
निष्क्रिय जीवन बिताउने ।
बढी चिल्लो, मसलादार खानेकुरा खाने व्यक्तिलाई ।
उच्च रक्तचाप भएका व्यक्तिलाई ।
मध्यपान तथा धूमपानको अत्यधिक सेवन ।
शारीरिक कसरत नगर्ने ।

डायबिटिजका लक्षणहरु
विभिन्न अनुसन्धानका अनुसार, ५० प्रतिशत बढीलाई डायबिटिज लक्षण विना नै देखिएको छ । यद्यपि जुनसुकै उमेर समूहका मानिसहरुमा डायबिटिज हुन सक्छ ।

बढी थकान महशुस हुने
पिँडुला दुख्ने
बढी भोक लाग्ने
छिटो छिटो पिसाव लाग्ने र तिर्खा लाग्ने
आलस्य हुने, जाँगर नचल्ने
वजन घट्दै जाने
मुख सुख्खा हुने
वाकवाकी, रिंगटा लाग्ने
खाना बढी रुच्ने
हातखुट्टा पोल्ने, सुन्निने, झमझमाउने
आँखा धमिलो र तिरमिराउने
यौन दुर्वलता हुने
पटक–पटक सङ्क्रमण हुने वा घाउ ढिलो निको हुने

डायबिटिजबाट कसरी बँच्ने ?
डायबिटिजबाट बच्न विभिन्न उपायहरु अबलम्बन गर्न सकिन्छ । जसलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छ स
शारीरिक व्यायाम दैनिक ४५ मिनेट र हप्तामा पाँच दिन मजाले हिँड्ने ।
डाक्टरको सल्लाहमा नियमित औषधिको सेवन गर्ने ।
समय९समयमा खाना खाने ।
मैदाबाट बनेका खाना कम गर्ने ।
शरीरको तौल सामान्य राख्ने ।
चिनीको मात्रा कम गर्ने ।
आँप सकभर नखाने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖