• Monday 5th of October 2026

अमेरिकामा सन्दीपदेखि सुमनसम्मले हँसाउने


  • धनकुटा खबर
  • .

अमेरिकाका विभिन्न सहरमा नेपाली कलाकारले दर्शकलाई हँसाउने भएका छन्।

फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ नारासहित हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका जानेछन्।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त जानकारी दिइएको हो। कार्यक्रम आयोजक फ्लाई नेपा निर्देशक विनोद अधिकारीले अमेरिकाका दुई दर्जन बढी सहरमा कार्यक्रम तय भइसकेको बताए।

उनका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरू हुनेछ। यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनेछन्। उनीहरूले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक सहरमा प्रस्तुतिको समय साढे दुई घन्टाको रहनेछ।

एक महिना बढी चल्ने यात्रा ह्यारिसबर्ग, मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्कोलगायत ठाउँमा हुनेछ। बाँकी अन्य सहरमा पनि कार्यक्रम हुने बताइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖