• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं महानगरको क्रिसमस लक्षित चेतावनी- विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए कारबाही गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । विभिन्न चाडबाडका नाममा विद्यार्थीलाई फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै काठमाडौं महानगरपालिकाले विद्यालयलाई सचेत गराएको छ । क्रिसमस नजिकिदै गर्दा महानगरले विद्यालयलाई चेतावनीयुक्त पत्र पठाएको हो ।

विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन किन्न लगाउने गरेका छन् । त्यसबाहेक अन्य चाडबाडमा पनि विद्यालय पोशाकभन्दा फरक पोशाक लगाउन वाध्य पार्ने गरिएको अधिकांश अभिभावको गुनासो सुनिन्छ ।

शिक्षा अधिकारी सीताराम कोइरालाले एक जानकारीमूलक पत्र सार्वजनिक गर्दै विद्यालय पोशाकबाहेकका पोशाक किन्न बाध्य नपार्न महानगर क्षेत्रका विद्यालयलाई अनुरोध गरेका छन् । परिपत्रविपरीत कार्य गरेको पाइएमा कारबाही गरिने महानगरको चेतावनी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖