• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अफलाइन चलाउने पठाओ र इनड्राइभका ४८ जना चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रहरीले पठाओ र इनड्राइभका ४८ जना राइडरहरुलाई पक्राउ गरेको छ ।

‘अफलाइन ड्राइभ’ गरेको भेटिएपछि उनीहरूलाई शनिबार काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

अफलाइन मोटरसाइकल चलाउँदा सुरक्षा चुनौती बढेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । अफलाइन चालकहरूलाई काउन्सिलिङपछि रिहा गरिने एसपी ढुंगेलले बताए । उनले भने–‘सम्बन्धित कम्पनीमा उनीहरूले अफलाइन चलाएकोबारे जानकारी दिएर रिहा गर्छौँ ।’

अफलाइनमा यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖