• Sunday 4th of October 2026

राजन दाहाल र प्रचण्ड आफ्नै अपराधबापत जेलको कालकोठरीमा पुग्छन् हेरिराख्नु होला :महेश बस्नेत


  • धनकुटा खबर
  • .

काठमाडौं,१७ भदौ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो सुन प्रकरणमा सरकारको संलग्नता रहेको दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिन्धुलीको नवौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बस्नेतले सुन तस्करी प्रकरणमा आफ्ना नेताहरुको संलग्नतालाई ढाकछोप गर्न माओवादी केन्द्रका नेताहरु एमालेविरुद्ध लागिपरेको बताएका छन् । उनले सरकारले आफ्नो सत्ता यात्रा लम्ब्याउनका लागि गौर हत्याकाण्ड, ललिता निवास काण्ड र टीकापुर नरसंहारबारे गुपचुप बसेको दाबी गरे ।

बस्नेतले माओवादी केन्द्रका सांसद राजन दाहाल (लेखनाथ) र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा गरेका अपराधबापत एक दिन जेल जाने दावी गरेका छन् ।

सांसद दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टि स्टेट्स प्रकरणमा जेल जान्छन भनेर दाबी गरेकोप्रति संकेत गर्दै भने ‘ रामेछापमा एमालेका तत्कालीन नेता देवशंकर पौडेललाई भिरबाट लडाएर हत्या प्रयास गर्ने नाइके,कालोमोसो दलेर दुव्र्यवहार गर्ने नाइके,ईश्वर पोखरेल पशुपति चौलागाई लगायतका नेतालाई तामाकोशीमा खसाल्न भिरबाट ढुंगा लडाउने नाइके, रातामाटेमा हाम्रो एक लाख रुपैया लुटेर हाम्रो कमरेड केशव देवकोटालाई अपहरण गर्ने राजन दाहाल एकदिन जेलको कालकोठरीमा जान्छ हेरिराख्नु होला’ ।

बसनेतले एमालेसँग नाम जोडिएको सम्पूर्ण काण्डको बारेमा छानबिन गर्न चूनौति दिए । उनदे एमालेका नेताहरु कुनैपनि अपराधमा संलग्न भएको पुष्टि भएमा जेल जान तयार रहेको प्रष्ट पारे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖