• Sunday 4th of October 2026

रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?


  • धनकुटा खबर
  • .

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् ।

बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुबाष चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधी नेपाल बजार प्रमुख अभिषेक सुक्ला द्वारा तिन नयाँ मोटरसाइकल सार्वजनिक गरिको हो ।

सर्वाजनिक गरिएका तिन नयाँ मेट्रो फयरवल, मेट्रो स्टेलर र मेट्रो सुुपरनोभा सार्वजनिक गरिएका हुन् ।

मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर(ओयल कुल्ड रहेको छ । इन्जिनले अधिकतम ६ हजार १०० आरपीएममा २०।२ ब्रेकर्स पावर र ४ हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने, यस्मा डुअल डिस्कब्रेक दिएको छ। तिन वटै मोटरसाइकलमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ । प्रति लिटर औषत ४० किलोमिटर माइलेज दिने छ ।

त्यस्तै, इजी क्रुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४ सय एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनदुव स्पाइन फ्रेम, आगाडी (चौडा टुबलेस टायर्र (१००/९०-१९-५७ पी) पछाडी ( चौडा टुबलेस टायर (१४०/७०-१७-६६पी) जस्ता फिचरहरू पाउन सकिन्छ ।

मेट्रो फयरबल ३५० सीसी पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन् । त्यस्तै मेट्रो स्टेलर ३५० सीसी कालो, निलो र रातो रंगमा र मेट्रोे सुपरनोभा ३५० सीसी खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् ।

कम्पनीले मेट्रो फयरवल को मूल्य पाँच लाख पचास हजार रुपैयाँ, मेट्रो स्टेलर को मूल्य पाच लाख पचपन्न हजार रुपैयाँ र मेट्रो सुुपरनोभाको मूल्य पाँच लाख पैसठी हजार तोकेको छ ।

कम्पनीले सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖