• Monday 5th of October 2026

मोजा लगाएर सुत्नु निकै हानिकारक, थाहा पाउनुहाेस् कारण


  • धनकुटा खबर
  • .

चिसोबाट बच्न मानिसहरु राती मोजा लगाएर सुत्ने गर्छन् । माेजा लगाएर सुत्दा चिसाे हुँदैन । तर, यसका कारण तपाईले धेरै समस्याको सामना गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । माेजाकै कारण शरीरमा थुप्रै खालका समस्याहरू निम्तिने चिकित्सकहरूकाे भनाइ छ ।

अधिक तताउने समस्या
यदि तपाई मोजा लगाएर सुत्नुहुन्छ भने तपाईलाई धेरै तातो हुने समस्या हुन सक्छ । जसका कारण शरीरको तापक्रम एक्कासी तीव्र गतिमा बढ्छ । तपाईं बेचैन महसुस गर्न सक्नुहुन्छ।

सुत्न समस्या
टाइट मोजा लगाएर सुत्दा रक्तसञ्चार सम्बन्धी समस्या हुनसक्छ । त्यसैले मोजा लगाएर सुत्नु हुँदैन । सधैं खुट्टा सफा गरेर सुत्नु पर्छ।

हृदयसम्बन्धि समस्या
मोजा लगाउनाले मुटुको समस्या पनि हुन सक्छ। यसले खुट्टाको नसाहरूमा पनि धेरै दबाब दिन्छ। यो लगाउनाले तपाईको मुटुलाई धेरै पम्प गर्छ।

छालामा एलर्जी
दिनहुँ मोजा लगाएर सुत्दा पनि छालामा एलर्जी हुन सक्छ। जसका कारण तपाईले निकै गम्भीर समस्याको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले यस्तो गर्नु हुँदैन। एजेन्सीबाट

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖