• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

न्याय सेवाका पाँच सहसचिवको सरुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका पाँच जना सहसचिवको सरुवा गरेको छ । आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेलको न्याय परिषदमा सरुवा गरेको छ ।

न्याय परिषदका सहसचिव मानबहादुर कार्कीको उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलको सर्वोच्च अदालतमा सरुवा गरेको छ ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेतीको सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा सूर्यवंश शर्माको फैसला कार्यान्वयन महानिर्देशकमा सरुवा गरेको छ ।

आयोगको बुधबार बसेकै बैठकले न्याय परिषद सचिवालयका सचिव देवेन्द्र ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको छ भने भने सर्वोच्च अदालतको रिक्त रहेको रजिष्ट्रार पदमा सहरजिष्ट्रचार विमल पौडेललाई सिफारिस गरेको छ ।

मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि मुख्य रजिष्ट्रार र रजिष्ट्रार पद रिक्त भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖