• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सवारी दुर्घटनामा परि यूएईमा नेपाली युवकको मृत्यु


  • धनकुटा खबर
  • .

बैतडी । संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ ।

रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो । पुर्चौडी नगरपालिका–१० बिजयपुर महरा गाउँका २३ वर्षीय महराको गाडीको ठक्करबाट मृत्यु भएको आफन्तले बताएका छन् ।

आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भानबहादुर महराले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖