• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भारतीय दूतावासलाई २० करोडसम्मको योजना बाढ्न दिने सहमतिप्रति कमल थापाको आपत्ति


  • धनकुटा खबर
  • .

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतीय दूतावासले सिधैं २० करोडसम्मकाे याेजना बाढ्न पाउने अनुमति दिन लागेकोमा बिरोध गरेका छन्।

आजदेखि नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेश मन्त्री एस जयशंकरको भ्रमणको क्रममा सो सहमति गर्न लागेको भन्दै थापाले आपत्ति जनाएका हुन्।

‘भारतीय राजदुतावासले बिकास निर्माणको नाममा सिधै २० करोडसम्मको योजना कार्यान्वयन गर्नसक्ने सम्झौता हुनलागेको सुनिन्छ।यो गलत र आत्मघाती काम नगर्न प्रधानमन्त्रीलाई आग्रह गर्दछु,’ थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘विगतमा भएको गल्ती सच्याउनुको सट्टा थप गल्ती नगरौं।यसले समानान्तर सरकारको रुप लिन्छ,जुन नेपालको हितमा हुँदैन्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖