काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आधिकारिक ‘ए’टीम घोषणा गर्ने भएको छ । आज आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले सो जानकारी दिए ।
खड्काका अनुसार आगामी प्रधानमन्त्री कप लगत्तै ए टीमको घोषणा गरिने छ । राष्ट्रिय टिमको ब्याक टु ब्याक धेरै म्याच भएकाले ए टीम एकदमै जरुरी भएको उनले बताए ।
टी–२० विश्वकपका लागि छनोट भएको राष्ट्र क्यानडाले नेपालमा खेल्न इच्छा व्यक्त गरेको छ । जसअनुसार आगामी फेब्रुअरीमा क्यानडाको टीम नेपाल आउने छ ।
उक्त टीमसँग नेपालको ए टीमले कम्तीमा तीनवटा एक दिवसीय र टी–२० खेलाइने पारसले जानकारी दिए ।
यसै गरी आयरल्यान्डलगायत विभिन्न देशका ए टीमलाई नेपालमा बोलाएर नेपालको ए टीमसँग खेलाउने तयारी रहेको पनि उनले बताए ।
