काठमाडौं । नेकपा एमालेकी पूर्वसांसद गंगा चौधरी राजसंस्था पुनर्स्थापनाको पक्षमा खुलेकी छन् । आज भैरहवामा आयोजित पूर्वराजाको नागरिक अभिनन्दन कार्यक्रममा उनी सक्रिय सहभागी भइन् र भाषण समेत गरिन् ।
तत्कालीन समानुपातिक सांसद चौधरीलाई गत वर्ष मंसिरमा भएको प्रतिधिसभा चुनावमा एमालेले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी थिइन् । दाङ १ मा स्वतन्त्र उम्मेदवार बनेकी चौधरी झिनो मत ल्याएर पराजित भइन् । उक्त क्षेत्रमा एमालेले शान्ता चौधरीलाई टिकट दिएको थियो । उनलाई हराएर नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका थिए ।
चुनावमा बागी उम्मेदवार बनेका कारण एमालेले उनलाई पार्टीबाट निस्कशान गर्यो । त्यसपछि उनले आफ्नो राजनीतिक धार बदल्दै ‘राजावादी’ बनेकी छन् ।
पूर्वराजाको अभिनन्दन कार्यक्रममा भाषण गर्दै चौधरीले दलीय व्यवस्था फेल भएको र राजाको विकल्प नरहेको बताइन् ।
