• Sunday 4th of October 2026

भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शुक्लाफाँटाले गर्‍यो पुरस्कार घोषणा


  • धनकुटा खबर
  • .

कैलाली । भारतविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली क्रिकेट खेलाडीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पुरस्कृत गर्ने भएको छ ।

भारतविरुद्ध शतक प्रहार गर्ने र ४ विकेट लिने खेलाडीलाई जनही एक-एक लाखसहित सम्मान गर्ने शुक्लाफाँटा नगरपालिकाले निर्णय गरेको हो ।

सोमबार शुक्लाफाँटा नगरपालिकाले नगर प्रमुख स्तरीय निर्णय गरेर भारतविरुद्ध शतक र ४ विकेट लिने खेलाडीलाई सम्मान गर्ने घोषणा गरेको हो ।

पहिलो पटक एसिया कप क्रिकेटमा पुगेको नेपाली टोलीले समूह चरणको दोस्रो खेल अन्तर्गत सोमबार दिउँसो पौने ३ बजे भारतको सामना गर्दैछ ।

क्रिकेटको महारथी भारतसँग श्रीलंकाको पल्लाकेली रंगशाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले ऐतिहासिक क्रिकेट खेल्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖