• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ओलीलाई भेट्न बालकोट पुगे रवि, एक घण्टा छलफल


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगगेका छन् । शुकरबार मध्याह्न बालकोटस्थित निवासमै पुगेर लामिछानेले अध्यक्ष ओलीसँग भेट गरेका हुन् ।

दुई नेताबीच एक घण्टा कुराकानी भएको बालकोट स्रोतले जानकारी दियो । उनीहरूबीच समसामयिक विषयमा छलफल भएको हो । ‘अहिले चर्चा राष्ट्रिय सभाको छ । तर, राष्ट्रिय सभामा रास्वपा नभएकोले समसामयिक राजनीतिको विषयमा कुराकानी भएको छ,’ ओली निकट स्रोतले लोकान्तरसँग भन्यो ।

अघिल्लो वर्षको पुस १० गते केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा रास्वपाले पनि साथ दिएको थियो । कांग्रेसले राष्ट्रपति जित्ने भएसँगै एमाले र रास्वपाले प्रचण्ड नेतृत्वको सरकार छोडेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖