• Monday 5th of October 2026

शाहरूखकाे ‘डंकी’ ले कमायाे ४३६ कराेड बढी


  • धनकुटा खबर
  • .

मुम्बई। राजकुमार हिरानी निर्देशित फिल्म ‘डंकी’ शाहरुख खानको सन् २०२३ को तेस्रो हिट फिल्म हो।
यसअघि किंग खानको पठान र जवानले बक्स अफिसमा धमाका मच्चाएको थियो। तर, ‘डंकी’ को कमाइको गति पठान र जवानको जत्तिको थियो। यसको एउटा कारण सालारसँग प्रभासको प्रतिस्पर्धा चर्कै थियो। यति हुँदाहुँदै पनि ‘डन्की’ले देश र विश्वमा राम्रो कलेक्सन गरेको छ।

‘डंकी’ ले रिलिज भएको तेस्रो आइतबार कति कलेक्सन गर्‍यो त?
शाहरुख खानको ‘डंकी’ पारिवारिक कमेडी फिल्म हो। किंग खानको यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ र योसँगै यसले उत्कृष्ट कलेक्सन पनि गरेको छ। चलचित्रले अपेक्षाअनुरुप व्यापार गर्न नसके पनि घरेलु बजारमा २ सय करोडको आँकडा पार गरि विश्वभर ४ सय करोडभन्दा बढी कलेक्सन गरेको छ।

फिल्मको कमाईको कुरा गर्दा २९.२ करोडको ओपनिङ गरेको ‘डंकी’ ले घरेलु बजारमा पहिलो साता १६०.२२ करोड कमाएको थियो। दोस्रो हप्तामा फिल्मले ४६.२५ करोड कमाएको थियो।

फिल्मले रिलिजको तेस्रो शुक्रबार २.२५ करोड कमाएको छ भने तेस्रो शनिबार ‘डंकी’ को कलेक्सन ६० प्रतिशतले बढेर ३.६ करोड पुगेको छ । अब फिल्मको रिलिजको १८ औं दिन अर्थात तेस्रो आइतबारको कमाईको प्रारम्भिक तथ्यांक आएको छ।

‘डिंकी’ले विश्वभर राम्रो व्यापार गरिरहेको छ र विश्वभर बक्स अफिसमा राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्मले रिलिज भएको १७ दिनमै विश्वभर राम्रो कलेक्सन गरेको छ। रेड चिली इन्टरटेनमेन्टले साझा गरेको तथ्यांक अनुसार यो फिल्मले रिलिज भएको १७ दिनमा ४३६.४० करोड कमाएको छ। फिल्मले १८ औं दिनमा ४४० करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖