• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भारतीय सुटरलाई छुटाई दिन्छु भन्दै १६ लाख रुपैयाँ माग्ने बाराका श्यामबाबु पक्राउ


  • धनकुटा खबर
  • .

बारा । बाराको कलैयामा झन्डै साढे दुई महिना अगाडि बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका भारतीय सुटरलाई छुटाई दिन्छु भनेर १६ लाख रुपैयाँ माग्ने एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा बाराकै महागढीमाई नगरपालिका वडा नम्बर १ का २३ वर्षिय श्यामबाबु साह रहेका छन् । उनलाई प्रहरीले शनिबार पक्राउ गरिएको बाराका उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार, साहले शिक्षक स्वर्णकारकाे हत्या आराेपमा पक्राउ परी कारागार चलानसमेत भईसकेका सुजितलाई अदालत र प्रहरीलाई मिलाएर छुटाई दिन्छु भनेर सुजितका बुबा जयमंगल सिंहसंग १६ लाख (भारु१० लाख) रुपैयाँ मागेका थिए । त्यसमध्ये साहले जयमंगलसंग १ लाख ९२ हजार (भारु १ लाख २० हजार) रुपैयाँ लिइसकेका थिए ।

जयमंगलले नै दिएकाे जाहेरी दरखास्तकाे आधारमा साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्लेले बताए । पक्राउ गरिएका साहलाई ठगी तथा अपराधिक कृयाकलाप मुद्दामा बारा जिल्ला अदालतबाट पाँच दिनकाे म्याद थप गरी थप अनुसन्धान भइरहेकाे काफ्लेले जानकारी दिए।

शिक्षक स्वर्णकारको गाेली हानी हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई पुष १० गते भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट उनकाे खुट्टामा गाेली हानेर पक्राउ गरेकाे थियाे ।

स्वर्णकारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्वर्णकारकी प्रेमिका राधा गुप्ता र सुटर सिंहसहित सात जनालाई बारा जिल्ला अदालतले पुष २५ गते नै पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएकाे थियाे ।

स्वर्णकार हत्या प्रकरणमा अदालतमा कुल ११ जनाविरुद्ध पुस १६ गते कर्तव्य ज्यान, संगठित अपराध तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको थियो।

पुस १७ गतेदेखि लगातार पेसीको क्रममा अदालतले पुष २५ गते सात जनालाई जेल चलान गर्ने आदेश दिएको हो।

हत्यामा संलग्नमध्येका भारत बिहारका मनोज गुप्ता, चञ्चल पाण्डे, रौतहटको मौलापुर नगरपालिका बस्ने विनोद राय यादव र विशालकुमार यादव भने अझै पक्राउ पर्न सकेका छैनन्।यी चार जना अनुसन्धानकै क्रमदेखि हालसम्म फरार रहँदै आएका छन्।गत कात्तिक १३ गते कलैयामा दिउँसै गोली प्रहार गरी रुपेश स्वर्णकारको भारतीय सुटरहरुले हत्या गरी फरार भएका थिए ।

त्यही दिन प्रहरीले उनकी प्रेमिका भनिएकी राधासहित केहीलाई पक्राउ गरेको थियो। तर, मुख्य सुटर भनिएका भारत निवासी सुजित सिंह, चञ्चल पाण्डेसहित चार जना फरार भएका थिए।-यात्राडेली

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖