• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

टुँडिखेलमा भीड अनियन्त्रित, तीन जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा तीन जना घाइते भएका छन्।

सोमबार मगर समुदायको माघेसक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यतालिका छ।

कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार भीड अनियन्त्रित हुँदा तीन जान घाइते भएका छन्। प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो।

धाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। प्रहरीले भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। -निशा भण्डारी/सेतोपाटी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖