• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बम्जनलाई जेलमा टेलिभिजनको सुविधा, हेर्छन् रेस्लिङ !


  • धनकुटा खबर
  • .

काठमाडौँ – गएको साता देखि ‘तपस्वी’ राम बहादुर बम्जन कारागारमा छन्। जिल्ला अदालत सर्लाहीले बम्जनलाई बिहिबार पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको थियो।

बम्जन माथि सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोग छ। त्यस्तै उनी माथि पछिल्लो पटक थप दुई उजुरी पनि थप भएको छ।

बम्जन माथि बारामा थप दुई उजुरी परेको छ। अपहरण र हत्याको उजुरी थपिँदा बम्जन भने जलेश्वर कारागारमा आफ्नो जीवनलाई सहजीकरण गर्नेक्रममा छन्।

लसुन प्याज नखाने र सादा खानेकुरा मात्रै खाने हुँदा बम्जनले कारागारभित्र आफैं बनाएर खाने गरेका छन्। जेल प्रशासनका अनुसार कारागारका अन्य कैदीसरह उनलाई सातजना अट्ने गरेको हलभित्र राखिएको छ।

जेलमा उनलाई अन्य अन्य कैदीलाई जस्तै सामान्य सुविधा दिइएको छ। उनी बस्ने कोठामा टीभीको व्यवस्थापन भने गरिएको छ। टेलिभिजनमा उनले रेस्लिङ हेर्ने गरेका छन्।

साथै उनले टेलिभिजनमा अन्य खेलकुदका कार्यक्रम पनि हेर्ने गरेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖