• Tuesday 6th of October 2026

जयालाई बिहे गर्न अमिताभ बच्चनले राखेका थिए यस्तो सर्त


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री जया बच्चनले सन् १९७३ जुन ३ मा विवाह गरेका थिए। विवाह गर्नुअघि अमिताभले एक सर्त राखेका थिए।

उनले जयालाई बिहे गर्ने बेला बिहान ९ देखि साँझ ५ बजेसम्म मात्र जागिर गर्नुपर्ने सर्त राखेका थिए। साथै उनले हप्ताको सातैदिन जागिर गर्न नपाउने पनि सर्त राखेका थिए।

त्यसैले जयाले आफ्नो विवाहको मिति समेत परिवर्तन गरेकी थिइन्। उनले आफ्नो सम्पूर्ण काम सकेर विवाह गर्ने बताएकी थिइन्। जयाले विवाहपछि आफ्नो कामभन्दा धेरै परिवारलाई समय दिइन्। तर अमिताभले भने परिवारलाई भन्दा कामलाई बढी प्राथमिकतामा राखे।

विवाह गरेपछि जया फिल्मको लागि घरबाहिर जानुपर्ने भयो तर उनका ससुरा हरिवंशरायले जयालाई जान दिएनन्। जयाले बलिउडमा फिल्ममा धेरै काम गरिसकेकी छन्। उनले सन् १९६३ फिल्ममा डेब्यू गरेकी थिइन्।

उनी २००४ मा भारतीय सांसद सभाको सदस्य पनि हुन्। उनले २०२३ मा ‘रकी और रानीकी प्रेम कहानी’ मा अभिनय गरेकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖