• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यी प्रदेशमा आज छिटपुट वर्षा र हिमपातको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं, माघ ४ । आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका उच्च पहाडी भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा बिहानदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖