• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ज्यान मार्ने धम्की दिँदै पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ


  • धनकुटा खबर
  • .

चितवन, ४ माघ : ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् ।

प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖