• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बर्गर हाउस अगाडि समातिएका वडाध्यक्षको साथमा विदेशी पैसा


  • धनकुटा खबर
  • .

काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्ष घुससहित रंगेहात समातिएका छन् । वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई अख्तियार अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

घर बाटो सिफारिस गर्नका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई हिजो राति नियन्त्रणमा लिएको आयोगले जनाएको छ । त्यस्तै, वडाध्यक्ष बादेका सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७, मिलनटारका पदमबहादुर प्रधान पनि समातिएका छन् ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, गठ्ठाघर चोकस्थित बर्गर हाउसअगाडिबाट उनीहरुसहित बा ७ च १२९ नम्बरको हुण्डाई आइटेन गाडी नियन्त्रणमा लिइएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार उनीहरुको साथबाट स्रोत नखुलेको जापानिज यन १० हजारको एक थान र युएसडी एक सयको एक थान पनि बरामद गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖