• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बाघले चराउन लगिएका ११ बाख्रा खायो, सर्वसाधारण त्रसित


  • धनकुटा खबर
  • .

बारा । बारा निजगढ नगरपालिका रतनपुरीका बासिन्दा यतिबेला बाघको आक्रमणबाट त्रसित बनेका छन् ।

जंगलमा चराउन छाडेको ११ वटा बाख्रा हिजो (बुधबार) बाघले खाएपछि स्थानीय बासिन्दा त्रसित बनेका हुन् । यसअघि एउटा गाई र एउटा राँगो खाइसकेको बाघले बुधबार एकै दिन ११ वटा बाख्रा खाएको छ ।

निजगढ नगरपालिकाको डम्बरपुर, लाल हुँदै रतनपुरको जंगलमा देखापरेको बाघले घरपालुवा पशु खान थालेपछि सर्वसाधारण डराउनुका साथै एक्लै त्यो बाटो हिँडडुल गर्न डर लाग्ने गरेको स्थानीय रविराज दंगालले जनाए ।

जंगलनजिक भएपछि घरपालुवाको चरिचरणका लागि स्थानीयले गाई, भैंसी, बाख्रा दिनभर जंगलमै छाड्ने गरेका छन् । पछिल्लो समय जंगलमा बाघको संख्यामा बढेसँगै आहाराको खोजीमा रहेको बाघले घरपालुवामाथि आक्रमण गर्ने क्रम बढेको छ ।-कान्तिपुर टीभी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖