• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विद्यालयमा उपलब्ध महिनावारी प्याडले रगत छेक्दैन :किशोरी विद्यार्थीको गुनासो


  • धनकुटा खबर
  • .

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका किशोरी विद्यार्थीहरुले विद्यालयको समयमा महिनावारी हुँदा प्राप्त हुने प्याड गुणस्तरहिन रहेको बताएका छन् । उनिहरुले विद्यालयका किशोरीहरुलाई वितरण गरिने प्याडले रगत नछेक्ने प्रतिक्रिया दिए ।

हेटौँडा उपमहानगरपालिका वडा नंबर २ को कार्यालयले सिद्धार्थ माविमा गरेको अन्तरक्रियामा किशोरीहरुले राम्रो गुणस्तरको प्याड वितरण गर्न हेटौँडा उपमहानगरपालिकालाई अनुरोध गरेका छन् । अन्तरक्रियामा बोल्दै सिद्धार्थ मावि कक्षा ११ मा अध्यनरत करुणकुमारी चौरासियाले राम्रो खालको सेनिटरी प्याडको ब्यवस्थापन गर्नको लागि अनुरोध गरिन् । उनले भनिन् ‘हामिलाई विद्यालयमा महिनावारी हुँदा प्याड दिइन्छ तर यसको गुणस्तर राम्रो छैन, बगेको रगत समेत छेक्दैन, कृपया अलि राम्रो खालको स्यानिटरी प्याडको ब्यबस्था गरिदिनहुन वडा अध्यक्ष ज्यूलाई अनुरोध गर्दछु ।”

चौरासियाको जस्तै गुनासो यहाँ अध्यनरत अन्य किशोरी विद्यार्थीहरुको पनि रहेको छ । किशोरीहरुको स्वास्थ्यमा ध्यान दिनको लागि स्थानीय तहले उपलब्ध गरेको सेनेटरी प्याड समेत गुणस्तरहिन भएपछि अन्य कुरामा के विश्वास गर्ने भन्दै उनिहरुले वडाध्यक्ष विष्णुगोपाल महर्जनलाई प्रश्न गरे । उनिहरुले ब्लड फ्लो थेग्ने सेनेटरी प्याडको माग समेत गरेका छन् ।

प्याडको गुणस्तरबारे किशोरी विद्यार्थीहरुले प्रश्न उठाएपछि जवाफमा वडा अध्यक्ष महर्जनले स्यानिटरी प्याडको गुणस्तरका लागि पालिकामा समन्वय गर्ने, बताए । किशोरी विद्यार्थीहरुले अत्यन्तै संवेदनशिल विषयको कुरा उठाएको बताउँदै उनले महिनावारी हुँदा प्रयोग हुने प्याडको गुणस्तरमा कम्प्रमाईज नगरिने बताए । उनले विद्यार्थीहरुको सहजताको लागि प्याड डिस्पोज गर्ने मेसिन ल्याउने तथा अभावका विषयमा सकेसम्म पुरागर्ने प्रतिवद्दता ब्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖