• Tuesday 6th of October 2026

बलात्कारका दोषी गुरमीत राम रहीम फेरि जेलबाट बाहिरिने


  • धनकुटा खबर
  • .

एजेन्सी । बलात्कारका दोषी गुरमीत राम रहीमलाई ५० दिनको लागि प्यारोल दिइएको छ, जसको अर्थ उनी ५० दिन जेलबाट बाहिर रहनेछन्। यसअघि पनि गुरमीत राम रहीमलाई पटकपटक प्यारोल दिइएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनलाई २१ नोभेम्बर २०२३ मा हरियाणाको रोहतकको जेलबाट २१ दिनको लागि प्यारोल दिइएको थियो।गुरमीत २० वर्षको जेल सजाय काटिरहेका छन् । उनलाई बलात्कार मुद्दामा यो सजाय दिइएको हो ।

२०२३ मा नै उनी जनवरीमा ४० दिन र जुलाईमा ३० दिनको लागि जेलबाट बाहिर थिए।अक्टोबर २०२२ मा पनि उनी ४० दिनको लागि प्यारोलमा बाहिर आएका थिए। जुन २०२२ मा उनी एक महिनाको प्यारोलमा बाहिर आएका थिए भने फेब्रुअरी २०२२ मा उनी तीन हप्ताको प्यारोलमा बाहिर आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖