• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यौन सम्पर्क बाहेक यी महत्वपूर्ण काममा गरिन्छ कण्डमको प्रयोग


  • धनकुटा खबर
  • .

काठमाडौं । कण्डम परिवार नियोजनको अस्थायी साधन हो। यसको प्रयोगले यौनजन्य रोगहरु लाग्नबाट बचाउँछ । विशेषगरी युवापुस्ताले यौनसम्पर्कको बेला यसको प्रयोग गर्ने गर्छन्।

नेपालमा स्वास्थ्य चौकीहरुमा कण्डम निशुल्क पाइन्छ। तर, अधिकांश मानिसहरु कण्डमलाई सेक्सको समयमा मात्र प्रयोग गर्छन्। सेक्सबाहेक कण्डम धेरै कामका लागि प्रयोग हुन्छ। त्यस्तै आज हामी तपाईलाई कण्डमको उपयोगिताबारे जानकारी गराउन गइरहेका छौं।

पानी भण्डारणका लागि
यदि तपाई पानी भण्डारण गर्न चाहनुहुन्छ भने प्रयोग नगरिएको कण्डमको सहयोग लिन सक्नुहुन्छ । कण्डममा तपाईले दुईदेखि पाँच लिटरसम्म पानी भण्डार गर्न सक्नुहुन्छ । तपाई यात्राका लागि टाढा जाँदा अन्य भाँडा अभाव भएको अवस्थामा यसको प्रयोग गर्दै फाइदा लिन सक्नुहुन्छ ।

ट्वाइलेटमा खसेको सामान निकाल्न
ट्वाइलेटमा कहिलेकाहीँ हामीले बोकेका सामानहरु खस्छ । त्यस्तो अवस्थामा हामीसँग तत्कालै पञ्जा पनि हुँदैन। ट्वाइलेटबाट सामान निकाल्न कण्डमलाई हातमा लगाएर खसेको सामान निकाल्न सकिन्छ । यसको प्रयोगले तपाईको हात पनि फोहोर हुन्न र सामान पनि निस्कन्छ।

घडी वा फोन जोगाउन
जब भारी वर्षा हुन्छ, हामीमा एउटा डर हुन्छ- मोबाइल र घडी भिज्नबाट कसरी जोगाउने ?

ब्याग होस् या गोजी यी सामानलाई पानीले भिजाइछाड्छ । त्यस्तो अवस्थामा मोबाइल वा घडीलाई कण्डमभित्र हाल्नुहोस् । भिज्दैन।

आगो बढाउन

कण्डमले छिटो आगो टिप्छ । यदि तपाई जंगलमा फस्नुभयो र तपाईसँग सलाई वा लाइटर केही छ भने कण्डमको प्रयोग गर्दै आगोलाई चाँडो बिस्तार गर्न सक्नुहुन्छ । जाडो महिनामा आगो सल्काउन गाह्रो हुन्छ, यस्तो बेला तपाईले कण्डम प्रयोग गर्दा राम्रो।

खुट्टा जोगाउन

वर्षायाममा खोलामा बाढी आउँछ । खोला तर्न मुश्किल हुन्छ । खुट्टा पानीमा नडुबाई हुँदैन । यदि तपाईसँग कण्डम छ र खुट्टा भिजाउन मन छैन ढुक्क हुनुस् । खुट्टामा कण्डम लगाउने र जुत्ता लगाउने गर्दा जुत्ता भिजे पनि तपाईको खुट्टामा एक थोपा पनि पानी पर्दैन ।

खाना बनाउन
कण्डमको प्रयोगले खाना बनाउन सकिन्छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर, खाना बनाउन यसको प्रयोग राम्रैसँग हुन्छ।

यसका लागि कण्डममा मासु हालेर पानीमा उमाल्नुहोस् । तर, पानीलाई एकैछिन मात्र उमाल्नुपर्ने हुन्छ । नत्र कण्डम पनि फुट्ने सम्भावना हुन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार यसको प्रयोग पनि बढ्दो छ।

कोल्ड प्याक बनाउन
कण्डमबाट कोल्ड प्याक बनाउन निकै सजिलो छ । यसका लागि तपाईले कण्डममा पानी भरेर डि फ्रिजमा राख्नुपर्ने हुन्छ । केही घण्टापछि कोल्ड प्याक बन्छ । जसलाई तपाईले दुखेको ठाउँमा लगाउन सक्नुहुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖